नेप्से परिसूचक सामान्य अंकले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव शून्य आठ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ । आजको कारोबारमा कुल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर ९५ करोड ७० लाख ६० हजार दुई सय २५ रूपैयाँ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ रूपैयाँ बराबरको कारोबार भयो ।

नबिल बैंक चार करोड ३१ लाख ६१ हजार आठ सय ९२, शिवम् सिमेन्ट चार करोड २२ लाख चार हजार नौ सय ३५, नेष्डो समृद्धि लघुवित्त तीन करोड १८ लाख ५९ हजार चार सय २१ र एनसीसी बैंक दुई करोड ५२ लाख २५ हजार सात सय ९१ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार धौलागिरी लघुवित्त छ दशमलब १०, एनसीसी बैंक पाँच दशमलब शुन्य पाँच, एनआइसी एशिया बैंक चार दशमलब १८, गुह्यश्वरी मर्चेन्ट बैंक चार दशमलव शून्य तीन र खप्तड लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य दुई प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनआइसी एशिया ब्यालेन्स फण्ड चार दशमलव ६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलव ६८, नेपाल एसआइबी बैंक तीन दशमलव ६३ ,सिद्धार्थ इन्स्योरेन्स तीन दशमलव ४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले दुई दशमलव ६० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर