एआईजी बढुवाका लागि निर्वाचन आयोगले दियो अनुमति

सरकारलाई नेपाल प्रहरीमा रिक्त रहेका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि बाटो खुलेको छ।

निर्वाचन आयोगले गृह मन्त्रालयलाई एआईजी बढुवाका लागि अनुमति दिएको हो।

मन्त्रालयको आग्रहमा आयोगबाट एआईजी बढुवाका लागि अनुमति प्राप्त भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

ती अधिकारीका अनुसार यसपटककाे बढुवामा हालका गृहमन्त्री पुराना र बदनामलाई बढुवा गर्ने पक्षमा रहेका छन् । तर प्रधानमन्त्री र प्रहरी महानिरीक्षक भने २०७९ असारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापालाई  बढुवा गर्ने पक्षमा रहेका छन् ।

र, याे पनि-

आमनिर्वाचनअघि हुँदैछ चार एआईजी पद रिक्त, बढुवामा नयाँभन्दा पुरानाकै रुचि

यस्तै बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण बज्राचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन्।

हाल रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा रेहका छन्। मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्य ‘मेरिट लिस्ट’मा अगाडि छन्। उनीहरू अहिलेका आईजीपी धिरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन्।

एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त छ। एआईजी पोखरेलले २०७९ साउन २०, आचार्यले भदौ २३, बीसीले कार्तिक १४ र धानुकले कार्तिक २४ मा अवकाश पाएका थिए।

निर्वाचन आचारसंहितका कारण मंसिर १९ सम्म आयोगको अनुमतिबिना सरुवा र बढुवा गर्न मिल्दैन। आयोगको अनुमतिपछि भने सरकारले बढुवा गर्नसक्ने भएको हो।

आयोगले आवश्यकताअनुसार प्रहरी अधिकृतहरूको सरुवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर