इक्षा सुब्बा : बक्सर, बाइकर, प्रहरी, सुपर मोडल र लाखौंको प्रेरणा

रूढिवादी समाजका सबै सिमाना तोडेर मानिसहरु अगाडि आउन त्यति सम्भव हुँदैन, तर सिक्किमकी इक्षा हुङ्मा सुब्बा यो मान्यताको अपवाद हुन् । यी २१ वर्षीय भारतीय प्रहरी अधिकारी पेसाले सुपर मोडल र बक्सर पनि हुन् ।

रुम्बुक गाउँमा अतराज र सुक्रानी सुब्बाको घरमा जन्मिएकी इक्षा आफ्नो सपना र चासोसँगै हुर्किइन् । उनी सँधै रियालिटी टेलिभिजन शो ‘एमटीभी सुपर मोडल अफ द इयर’ मा प्रवेश गर्न चाहन्थिन् र सानै उमेरमा, उनले स्थानीय बक्सिङ क्लासमा सहभागी हुने मौका पाइन् ।

उनको ‘सपना देख्ने हिम्मतिलो’ मनोवृत्तिको पछाडि उनका बुबा थिए, जसले उनलाई विश्वास गर्थे र उनलाई कुनै पनि कुरामा रोकतोक गर्दैनथे । फिटनेस कायम राख्न बक्सिङमा उनलाई परिचय गराउने बुबा नै थिए । परिवारको समर्थन, साथलाई उनले सदुपयोग गरिन् । चाँडै नै इक्षाले राष्ट्रिय स्तरको बक्सिङमा आफ्नो राज्यको प्रतिनिधित्व गर्न पाइन् ।

जीवनको लक्ष्य एकातिर थियो, तर उनी घरकी जेठी सन्तान थिइन् । त्यसैले उनले कमाउनुपर्ने पनि थियो । १९ वर्षको उमेरमा पढाइसँगै उनले जागिर पनि सुरु गर्ने निधो गरिन् । त्यसपछि १४ महिने कठिन प्रशिक्षणबाट उनी सिक्किम पुलिस फोर्समा भर्ना भइन् ।

प्रहरी अधिकारीको रुपमा काम गर्दै गर्दा उनले एमटीभीको शोका लागि अडिसन दिने निर्णय गरिन् र छनोट पनि भइन् । अहिले दोस्रो सिजनमा रहेको यो शो ‘अनपोलोजेटिकली यु’ थिममा प्रसारण भइरहेको छ र यसको अडिसन भिडियोका लागि इक्षाले आफ्नो सजाइएको पोशाक लगाएकी छिन् ।

चाँडै, उनी मुम्बईको लागि उडान गरिन्, एउटा सहर जसले हिन्दी बोल्न नसक्ने व्यक्तिको लागि कडा भाषा अवरोध खडा गर्छ । सुरक्षा पृष्ठभूमिबाट हुनुको मतलब यो पनि थियो कि उनी कुनै पनि मनोरन्जन उद्योग क्षेत्रको अनुभव बिना नै पूर्णतया आफ्नै शक्तिको बलमा प्रतिस्पर्धा गरिरहेकी थिइन् । तर यस प्रतियोगीले जसरी अन्य प्रतिस्पर्धीलाई चुनौती दिइन्, त्यो अद्भूत थियो ।

इक्षाको यात्राले महिलाको विविध शक्तिको प्रमाण दिन्छ । सिक्किम एक्सप्रेससँगको अन्तर्वार्तामा, उनले सौन्दर्य प्रतियोगिताहरूमा आफ्नो फाइदाको लागि पुलिस प्रशिक्षण प्रयोग गर्न सक्षम भएको खुलासा गरिन् । उचाइ वा आफ्नो बलको प्रयोगले उनी ती चुनौतीहरूमा उत्कृष्ट बनिन् र अनुभवले उनलाई अन्य कुनै पनि सीपहरू छिटो सिक्न मानसिक बल दियो ।

उनले छिट्टै मनोरञ्जन उद्योगमा धेरैको मन जितिन् र हाल शोमा शीर्ष चार प्रतियोगीहरूमध्ये एक हुन् । उनले एक जज (मलाईका अरोरा खान) बाट पनि प्रशंसा पाइन् । भर्खरैको एक ट्विटर पोस्टमा, महिन्द्रा समूहका अध्यक्ष आनन्द महिन्द्राले पनि इक्षाको प्रशंसा गर्दै उनलाई जादुमयी महिलाको उपमा दिएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर