चीनका पाँचौं राष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।

तियानमेन स्क्वायरको विरोध प्रदर्शनपछि सत्तामा आएका चीनका पाँचौं राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पूर्वनेता जेमिनको ९६ वर्षको उमेरमा बुधबार दिउँसो निधन भएको चीनका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

उनी सन् १९९३ देखि २००३ सम्म चीनका राष्ट्रपति थिए।

यस्तै १९८१ देखि १९८२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष र १९८७ देखि १९८९ सम्म महासचिव थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर