उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनी

सरकारले उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको काज सरुवा गरेको छ।

एआईजी रवीन्द्रबहादुर धानुक २४ कार्तिकबाट अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको स्थानमा एआईजी लोहनीको काज सरुवा भएको हो।

हालै सम्पन्न निर्वाचनमा प्रहरीको केन्द्रीय कमाण्ड सम्हालेका लोहनी अपराध अनुसन्धान विभाग प्रमुख थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर