नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन्।

उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताए। उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए।

गृहमन्त्री खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरे। उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गर्ने प्रतिवद्धता जनाए।

गृहमन्त्री खाणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरुको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे। उनले दिवंगतहरुको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिवद्धता जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर