सेनाद्वारा बर्दियामा बन्दुकसहित एक जना पक्राउ

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विभिन्न सामानसहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ८ स्थित बनगाईं इलाकाबाट लुकाएर राखेको अवस्थामा बन्दुकसहित उनलाई पक्राउ गरिएको सेनाले जनाएको छ।

पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन। उनको साथबाट निम्न सामानहरू बरामद भएको छ :

-भरुवा बन्दुक नाल–१
-भरुवा बन्दुकको जगेडा ब्यारोल गोटा–१
-भरुवा बन्दुकको बारुद भर्ने गज गोटा–१
-बारुद–१५ ग्राम
-डेटोनेटर गोटा–८
-भरुवा बन्दुकको केप गोटा–२१
-भरुवा बन्दुकमा प्रयोग हुने ठुलो छर्रा गोटा–६५
-भरुवा बन्दुकमा प्रयोग हुने सानो छर्रा गोटा–४५०
-भरुवा बन्दुकमा प्रयोग हुने गोली गोटा–१७५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर