कपिलवस्तुमा भारतीय नागरिकमाथि दुई राउण्ड गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई राउण्ढ गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ ।

गोली कसले प्रहार गरेको हो भन्ने खुलेको छैन। भारतीय प्रहरीसँगको समन्वयमा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर