भक्तपुरमा घरको चार तलामाथिबाट खसेर एक किशोरको मृत्यु

भक्तपुरमा घरको चार तलामाथिबाट खसेर एक किशोरको मृत्यु भएको छ।

बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका–६ मिलरोडस्थित भुवन श्रेष्ठको साढे चार तले घरको चौथो तलबाट खसेर उनका छोरा १७ वर्षीय भूमिनलालकाे मृत्यु भएको हो।

घरबाट खसेर गम्भीर घाइते भएका उनको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए।

यस सम्बन्धमा प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर