हामी ‘मर कि गर’ भन्ने अवस्थामा छौंः डा सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाईचारा र मुलुकको समृद्धि लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरुको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बताए ।

अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन बढि सहयोगको अपेक्षा गरिएको बताए । एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाई थियो ।

अध्यक्ष राउतले भने, ‘तपाईहरु जुनसुकै वर्गको हुनुहोस् । विद्यार्थी हुनुहोस्, कर्मचारी हुनुहोस् । अधिवक्ता हुनुहुन्छ, पत्रकार हुनुहुन्छ । व्यवसायी हुनुहुन्छ । जुनसुकै वर्गबाट हुनुहुन्छ । तपाईहरुको व्यापक सहयोग हामीलाई आवश्यक पर्दछ । हामीले जुन एजेण्डा लिएर अगाडि बढका छौं, जुन सपना देखेका छौं । जनताले जुन अपेक्षा हामीसँग राखेका छन, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईँहरुलाई पनि अनुमान छ । तपाईहरुले पनि बुझ्नु हुन्छ । कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा हो भनिदिनु हुन्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशा जान्छ । जनता निराशामा जान्छन ।’

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढने पनि पटकपटक दोहो¥याए । त्यस अवसरमा उनले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *