स्याङजा र बाजुरामा जीतसँगै प्रतिनिधि सभामा प्रत्यक्ष ५७ सिटसहित कांग्रेस पहिलो

स्याङ्जा–२ र बाजुराकाको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् । यो जीतसँगै नेपाली कांग्रेस प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ पहिलो दल बनेको छ । यस्तै प्रदेश सभामा समेत हालसम्म गणना भएमध्ये ११० सीटसहित पहिलो रहेको छ ।

नेपाली कांग्रेसले समानुपातिकका प्राप्त मतका आधारमा करिब ३२ सिट पाउनेछ । योसँगै प्रतिनिधि सभामा ८९ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

स्याङजा र बाजुरामा जीत

भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

उनले ३१ हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेकी छन् । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ ९२० मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरेको आयोगले जनाएको छ । उनले एक हजार सात सय ८६ मतान्तर विजयी भएका हुन् ।

यस्तै बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बाजुराको चुनावी नतिजामा कांग्रेस उम्मेदवार पाण्डेले सहज जित निकालेका हुन् ।

एमालेमा केपी ओली निकट मानिएका स्थायी कमिटी सदस्यसमेत रहेका थापा यसअघि पनि पटक पटक चुनाव लड्दै आएका नेता हुन् ।

थापा ०७० को संविधानसभामा जितेर मन्त्री समेत भएका थिए । कांग्रेसका पाण्डे भने यसअघि संविधानसभामा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका हुन् । उनको यसपटक पहिलो प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर