मर्जरमा नगए सामुदायिक रेडियोहरूको भविष्य अन्योलमा छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरूको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताएका छन्।

आइतबार नेपाल एफएम नेटवर्कको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरूको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि विस्तार हुनुपर्ने बताएका हुन्।

उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए। उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरू मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत बताए। उनले गाउँगाउँमा रेडियो पुगेको भए पनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए।
.
उनले रेडियोहरू झुकाव र लगावका कारण समस्यामा परेको बताए। रेडियोहरू कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ। थपलियाले कुनै झुकावमा नलागीकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरूलाई निर्दिष्ट गर्न सुझावसमेत दिए।

उनले सञ्चारमाध्यमले उत्पादन गर्ने विषयवस्तुहरूलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चारमाध्यमको पनि उल्लेख्य भूमिका रहेको भन्दै प्रशंसा गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर