काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच मारामारी, दुईको अवस्था गम्भीर

काठमाडौंको इन्द्रचोकमा तीन जना चिनियाँ नागरिकबीच घमासान झगडा भएको छ। आइतबार बिहान साढे ११ बजे आपसी विवादमा तीन जना चिनियाँ नागरिकबीच मारामारी चलेको हो।

साे क्रममा ३७ वर्षीय फङ चङयुनले चक्कु प्रहार गर्दा उनका साथीहरू २९ वर्षका ली चुवान र गान साउसिङ गम्भीर घाइते भएका छन्। चक्कु प्रहारबाट ली चुवानको पेट र गान साउसिङको पेट, छाती र टाउकोको बायाँ भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवैको वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुवैजना बोल्न नसक्ने अवस्थामा छन्।

चक्कु प्रहार गर्ने फङ चङयुनलाई जनसेवा प्रहरी कार्यालय, न्यूरोडले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर