प्रधानमन्त्री देउवा सन्त नेता भट्टराईको स्मृतिमा आयोजित भागवत महापुराण यज्ञमा सहभागी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी भएका छन्।

सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्त नेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी भएका हुन्। त्यस अवसरमा उनले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गरेका थिए भने सन्त नेता भट्टराईको शालिकमा माल्यार्पणसमेत गरेका थिए।

महायज्ञमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री शरतसिंह भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवं नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रूपमा लिइन्छ। उनको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर