इन्द्रचोक चिनियाँ नागरिक झडप : घाइते एकको मृत्यु

काठमाडौंको इन्द्रचोकमा तीन जना चिनियाँ नागरिकहरूबीच भएको झगडामा घाइते एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो लेनदेनको विषयमा विवाद हुँदा तीन जना चिनियाँ नागरिकबीच झगडा भएको थियो। सो क्रममा ३७ वर्षीय फेङ जेङयुङले आफ्ना दुई साथी ३२ वर्षीय ली चुजान र २९ वर्षीय गान साउजिओङलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घाइते दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकोमा गानको मृत्यु भएको प्रहरीले जनाएको छ।

चक्कु हान्ने फेङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यी तीन चिनियाँ नेपालमा घुम्न आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर