गण्डकीका खेलकुदमन्त्री मनाङे एकीकृत समाजवादी प्रवेश

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन्।

मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए।

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन्।

गण्डकी प्रदेश सभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन्। गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएकोमा दुबै उम्मेदवार पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर