मोरङमा प्रहरीको सई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे–७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारणलाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका–३ बाट पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद सत्र हजार रुपैयाँ र को ३२ प ५९८९ नं को मोटरसाइकल समेत बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर