मोटरसाइकल चोरेर भाग्दाभाग्दै पक्राउ

मोटरसाइकल चोरी गरेर भाग्दाभाग्दैको अवस्थामा एक जना पक्राउ परेका छन्। महोत्तरी लोहरपट्टी नगरपालिका–२ मध्येपुर टोका १९ वर्षीय शंकरकुमार दास मंगलबार बिहान पक्राउ परेका हुन्।

जनकपुर उपमहानगरपालिका–९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको अनटेष्ट लेखिएको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी जनकपुरधाम र ट्राफिक पोष्ट जनकपुरधामबाट खटिएको प्रहरीले मोटरसाइकल उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर