सबै जनताले मानव अधिकार पाएको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरूको पूर्ण रूपमा लागू गर्न ध्यानाकर्षण गराएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् ।

उनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताउनु भयो । उनले सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको बताए । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताए ।

उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए ।

उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे ।

उनले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर