
बौद्धबाट ३५ लाखसहित वृद्ध पक्राउ


काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण भगवती चोकबाट करिब ३५ लाख रुपैयाँ नगदसहित एक जना वृद्ध पक्राउ परेका छन्।
चितवनको कालिका नगरपालिका–३ घर भई काठमाडौंको टोखा नगरपालिका–१० गोङ्गबु बस्ने ५६ वर्षका जितेन्द्रकुमार चौधरीलाई प्रहरी वृत्त थानकोटले उक्त रकमसहित पक्राउ गरेको हो।
उनको साथबाट नगद ३४ लाख ९७ हजार रुपैयाँ बरामद भएको छ।
थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया