चुच्चेपाटीमा खुल्यो अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक

काठमाडाैं चाबहिलको चुच्चेपाटीस्थित (पेट्रोलपम्पको साइड) दाम्पा कम्प्लेक्समा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ। बढ्दो प्रदूषण (धुलो, धुँवा), उचित स्याहार र परामर्शको अभावमा छालाजन्य संक्रमणका साथै विविध किसिमका समस्याहरु बढ्दो क्रममा रहेको कुरालाई मध्यनजर राखी क्लिनिक सञ्चालनमा ल्याइएको हो।

छालाजन्य रोगको उपचार तथा परामर्शका लागि उपयुक्त र व्यवस्थित चिकित्सकका साथै क्लिनिकको समेत अभाव भइरहेको बेला सो क्लिनिक सञ्चालनमा आएको हो।

बिहीबार कलाकार दीपाश्री निरौला, आकाश श्रेष्ठ र बेनिशा हमालले रिबन काटेर क्लिनिकको उद्घाटन गरेका छन्। साथै उद्घाटन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, समाजसेवी लगायतहरूको उपस्थित रहेको थियो। उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरूले राजधानीमा व्यवस्थित स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए।

क्लिनिकमा कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङसम्बन्धी सम्पूर्ण रोग, कपालसम्बन्धी सम्पूर्ण रोग, दाद, कालोपोतो, मोटोपन घटाउने र लेजर सेवा तथा छाला यौनसम्बन्धी रोगहरूको विशेष उपचार सेवा उपलब्ध हुने क्लिनिकका अध्यक्ष सागर भुसालले जानकारी दिए।

व्यापारिकभन्दा सेवाको उद्देश्यले क्लिनिक खोलिएको उनको भनाइ छ। क्लिनिकमा आर्थिक अवस्था कमजोर भएकाहरूलाई ल्याकतअनुसार विशेष छुटको व्यवस्था मिलाइएको पनि उनले बताए।

क्लिनिकमा उपचार तथा परामर्शका लागि डा. मोहन भुसाल, डा. एलिसा भट्टराई र डा. सन्देश मास्के रहेका छन्। पछिल्लो समय कस्मेटिक र छालाजन्य प्रयोगका लागि बजारमा आएका कमसल क्रिम तथा अन्य सामग्रीहरूबाट उपभोक्तालाई सचेत बनाउँदै सेवा दिन क्लिनिकभित्र आफ्नै फार्मेसी पनि सञ्चालनमा ल्याइएको भुसालले जनाए।

उनका अनुसार क्लिनिक सञ्चालनमा आएको अवसरमा मङ्सिर र पुस महिनाभर ओपीडी तथा अन्य सेवाहरूमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।

क्लिनिक दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *