सबै निकायको तत्परता र सहकार्यमा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव : मुख्यसचिव बैरागी

मुख्यसचिव शंकरदास बैरागीले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भ्रष्टाचार नियन्त्रणमा भएको प्रगतिले मुलुकको सुशासनको सूचकांकमा समेत सुधार भई अन्तर्राष्ट्रियस्तरमा मुलुकको प्रतिष्ठा र छवि उँचो हुने बताए। उनले सार्वजनिक प्रशासन बेथिति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि नगरी नागरिक र देशको सेवामा लाग्न आवश्यक रहेको बताए।

मुख्यसचिव बैरागीले सरकारी निकायहरूले कानून र कार्यविधिको व्यवस्था अनिवार्य रूपमा पालना गरी सबै क्षेत्रमा कडाइका साथ लागू गर्ने कुरामा जोड दिए। उनले भ्रष्टाचारले सामाजिक सेवा प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रमा नकारात्मक प्रभाव सिर्जना गर्ने भएकाले भ्रष्टारजन्य गतिविधिप्रति समाजका सबै सदस्य सचेत हुन जरुरी रहेको पनि बताए। उनले भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नु आजको आवश्यकता भएको बताए।

मुख्यसचिव बैरागीले सबै निकायको तत्परता र सबै निकायको सहकार्यमा मात्रै भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्भव रहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृति, विसंगति र समस्याको समाधान गर्दै सार्वजनिक सेवालाई चुस्त, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर