प्रधानसेनापतिद्वारा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भवन शिलान्यास

प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. १३ र १४ स्थित पेरुंगेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय भवन शिलान्यस गरेका छन्।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एंव रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरि राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण; निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरुका अधिकृतहरुको राष्ट्रिय सुरक्षा सम्बन्धि उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने; विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरुका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध संजाल विकसित गर्नुका साथै रणनीतिक संस्कारको विकास एंव उच्च स्तरको नागरिक–सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यअनुरूप नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७६ फागुन १२ गतेको निर्णयअनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना गरिएको हो।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणको लागि आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित बजेटबाट २.६ किलोमिटर ग्राभेल सडक, १३८० मिटर पेरिमिटर पर्खाल, १ लाख लिटर क्षमताको पानीट्याङ्की, डिप बोरिङ, जग्गा विकास र ३ फेज विद्युत लाइन विस्तारका कार्यहरू सम्पन्न भइसकेको छ।

नेपाल सरकारको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने छ’ भनी समावेश भएपश्चात् विनियोजित बजेटबाट उक्त विश्वविद्यालयको विद्यार्थी आवास र केन्द्रीय पुस्तकालयको निर्माणका लागि शिलान्यास गरिएको उक्त कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यहरू, नेपाली सेनाका रथीहरू, रक्षा मन्त्रालयका व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद ढुङ्गेल, विभिन्न विषयगत विज्ञहरू, स्थानीय निकायका प्रमुखहरू, काभ्रेपलाञ्चोक जिल्लास्थित विभिन्न कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरू, स्थानीय बुद्धिजीवी वर्गलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *