‘बेरोजगार युवालाई हस्तकलाको सीप सिकाएर नेपालमै व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र विस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९औं हस्तकला व्यापार मेलामा बोल्दै मन्त्री श्रेष्ठले हस्तकलाको क्षेत्रमा देखिएका समस्या समाधान गरी हस्तकलाको विकास र विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले नेपाली बेरोजगार युवाहरुलाई हस्तकलाको सीप सिकाएर नेपालमा नै व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। उनले युवाहरुलाई नेपालमा नै हस्तकलाको व्यवसाय गर्ने वातावरण बनाउँदा रोगजारी मात्रै नभएर अर्बौं रुपैयाँको विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताए।

मन्त्री श्रेष्ठले हस्तकलाका सामग्री विदेशमा निर्यात हुँदा मुलुकको व्यापार घाटा न्युनीकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरिरहेको बताए। उनले ग्रामीण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिन आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले नेपाली क्यालेण्डरमा राखेर वर्षमा एकपटक अन्तर्राष्ट्रियस्तरको हस्तकलासम्बन्धी व्यापार मेला आयोजना गर्नसके पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। उनले नेपाल पर्यटन बोर्डलाई वार्षिक रुपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला मेला आयोजनाका लागि महासंघसँग सहकार्य गर्न आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर