सुखविंदर सिंह सुक्खू बने हिमाचलका नयाँ मुख्यमन्त्री

भारतको हिमाचल प्रदेशको मुख्यमन्त्रीमा सुखविंदर सिंह सुक्खू चयन भएका छन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी हिमाचल प्रदेशको १५ औं मुख्यमन्त्री बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कांग्रेस आईका नेता सुक्खूलाई आइतबार हिमाचलका राज्यपाल राजेंद्र विश्वनाथ आर्लेकरले  शिमलाको रिज मैदानमा शपथ गराएका हुन् ।

हालै सम्पन्न चुनावमा हिमाचलमा कांग्रेसले ६७ सिटमध्ये ४० सिटमा जित हात पार्दै भाजपालाई विस्थापित गरेको थियो । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा कांग्रेस आईका नेताहरू राहुल गान्धी र प्रियंका गान्धी पनि सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर