सशस्त्रका एसएसपी श्रेष्ठ बने राष्ट्रसंघको पीओसी कोअर्डिनेटर

सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरमा छनोट भएका छन् ।

ग्लोबल भ्याकेन्सीअन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट उनी दक्षिणी सुडानस्थित राष्ट्रसंघीय शान्ति स्थापना मिशनमा रिक्त पीओसी कोअर्डिनेटर (पी ४) मा छनोट भएका हुन् ।

रिक्त यस पदका लागि गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको प्रहरी डिभिजनले गरेको विज्ञापनमा नेपालको तर्फबाट श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । धेरैवटा मुलुकका प्रतिस्पर्धीमध्ये परीक्षाका विभिन्न चरण र अन्तर्वार्तापश्चात् उनी छनोट भएका हुन् ।

दक्षिणी सुडानको शान्ति मिशनअन्तर्गत यो तहको पदमा पुग्ने श्रेष्ठ पहिलो नेपाली अधिकृतसमेत हुन् । श्रेष्ठ सशस्त्र प्रहरी बलको खुल्ला प्रतिस्पर्धाबाट सो पदमा छनोट हुने पहिलो अधिकृत हुन् ।

उनी सशस्त्र प्रहरी बल स्थापनापश्चात् पहिलो ब्याचको निरीक्षक पदमा सेवा प्रवेश गरेर सर्वोत्कृष्ट भएका थिए । उनले यसअघि दक्षिण सुडान मिशनमा एक वर्ष एफपीयू कमाण्डरको रूपमा काम गरिसकेका छन् ।

त्यसैगरी संयुक्त राष्ट्रसंघ शान्ति स्थापना मिसन लाइबेरिया र राष्ट्रसंघको सहयोग मिशन इराकमा समेत नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका छन् । उनी हाल सशस्त्र प्रहरी बलको कमाण्डेण्ट तालिम केन्द्र, पोखरामा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर