चीन र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच वार्ता

चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उनीहरूबीच सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा यस्तो वार्ता भएको हो ।

सो वार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । त्यस वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ले चीन गणतन्त्र कोरियासँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजान तयार रहेको बताएका थिए ।

हाल दुई देशबीचको सम्बन्ध राम्रो रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङ्ले आर्थिक र व्यापारिक क्षेत्रमा साझा हित र फाइदाका लागि चीनले गणतन्त्र कोरियासँग अघि बढ्न चोहेको बताएका थिए ।

उता गणतन्त्र कोरियाका विदेशमन्त्री पार्कले पनि चीनसँग लगानी प्रवर्दधनका साथै कूटनीतिक क्षेत्रका साझा हितका विषयमा आफ्नो देश मिलेर अघि बढेन चाहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर