खोटाङमा बाख्रा चराउन गएकी वृद्धा मृत भेटिइन्

खोटाङमा एक जना वृद्धा मृत अवस्थामा फेला परेकी छन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ ओखरबोटेकी ६४ वर्षीया भीमकुमारी दाहाल ओखरबोटे चौरस्थित रुखको फेदमा मंगलबार मृत भेटिएकी हुन्।

बाख्रा चराउन भनी गएकी उनी बेलुकासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *