आमनिर्वाचन-२०७९

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदधिकारीहरूले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिवेदन बुझाएका हुन्।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए।साथै निर्वाचन आयोगका पदाधिकारीहरुले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका थिए।

यसअघि आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रतिवेदन बुझाइसकेको छ। राष्ट्रपतिलाई प्रतिवेदन बुझाइएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *