बारम्बार नियम मिच्ने ६० सवारी चालकको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने शर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाप्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

निलम्बनका लागि पठाइएकामध्ये सबैभन्दा धेरै ४४ पटक कारबाहीमा परेका १ जना, ३५ पटक१ जना, २४ पटक ३ जना, १४ पटक १ जना, १२ पटक परेका ७ जना, ७ पटक २ जना र ६ पटक ४५ जना रेहका छन् ।

उनीहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको थियो । ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरूबाट नै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ ।

सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटकपटक कारबाहीमा परेको समेत प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर