प्रतिनिधि सभा सांसदहरूको शपथपछि मात्रै प्रधानमन्त्रीबारे छलफल हुन्छ : कृष्णबहादुर महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रत्रिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधि सभाका सबै सदस्यहरूको शपथग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका हुन् ।

संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भए पनि शपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको जानकारी उनले दिए ।

प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारे संसंदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताए । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उनले गठबन्धन रहिनै रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *