चीनमा उपचार गराएर नेपाल फर्किए माओवादी केन्द्रका नेता पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् ।

स्वास्थ्यमा सुधार भएपछि नेता पुन स्वदेश फर्किएका हुन् । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्री नेता पुनको स्वागत गरेका थिए ।

वंशाणुगत जण्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए ।

स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वउपसभामुख नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *