मधेस प्रदेशको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके (चन्द्रकान्त) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने बताए । उाले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए ।

अध्यक्ष राउतले जनतामुखी सेवाहरू प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा राख्ने बताए । उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने बताए ।

कुनै पनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने कुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने कुरामा आफू लाग्ने बता ए।

उनले भने, ‘हामीसँग संख्यात्मक रूपमा राम्रो संख्या छ । हामी निर्णयक भूमिकामा रहेका छौँ । मधेस प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ । हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो । शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा रहनेछन् । शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान छ । स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा हामी लाग्छौँ । कुनै पनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हामी हुनेछौँ ।’

अध्यक्ष राउतले आफ्नो दलको सीमित संख्याको भरमा सडक, संसद् र सरकारमा गएर जनताका माग र मुद्दाहरू सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर