कांग्रेस र एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुन्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको गठबन्धनले सरकार बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताए । उनले पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि बताए ।

उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताए । अध्यक्ष लिङ्देनले अबको सरकार हिजोको सरकारजस्तो बन्न नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यकता बताए ।

अध्यक्ष लिङ्देनले सुशासन, सेवा प्रवाहका हिसाबले आउने सरकारले फरक ढंग काम गरे मात्रै आफ्नो समर्थन रहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर