‘उद्योग व्यवसाय नै धरापमा पार्ने गरी बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर तत्काल घटाउनुपर्छ’

गृहमन्त्री बालकृष्ण खाणले ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थाहरूलाई दबाब दिएका छन्  । उद्योग र व्यवसाय नै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भइरहेको उल्लेख गर्दै गृहमन्त्री खाणले त्यसलाई तत्काल हटाउन बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराएका हुन् ।

रूपन्देही उद्योग संघले बिहीबारबाट बुटवलमा सुरु गरेको ‘१५ औं राष्ट्रिय औंद्योगिक प्रर्दशनी एवं कृषि, प्रविधि तथा पर्यटन महोत्सव’को उद्घाटन समारोहमा बोल्दै उनले उद्योग व्यवसायको प्रवर्द्धन नभए बैंक तथा वित्तीय संस्थाहरूलाई नै घाटा हुने उल्लेख गर्दै त्यस विषयमा संवेदनशील भएर काम गर्न पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराए ।

गृहमन्त्री खाणले उद्योग व्यवसायको प्रवर्द्धन गर्ने काममा सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले उद्योगी, व्यवसायीहरूको साथमा तीनवटै तहका सरकारहरू रहेको समेत स्पष्ट पारे ।

गृहमन्त्री खाणले मुलुकको आर्थिक क्षेत्रको समस्यालाई समाधान गर्दै विकास, निर्माणको कामलाई अघि बढाउन सरकार र सम्बन्धित सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपाली जनताले चाहे जसरी आर्थिक क्षेत्रको विकास गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यकता रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर