प्रदेश १ का सांसदले भोलि शपथ लिने

प्रदेश नं १ का प्रदेश सभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनेछन् । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश सभामा पाँच जना सांसदले मातृ भाषमा लिने जनाइएको छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम÷लिम्बू)मा शपथ लिने सचिव पराजुलीले जानकारी दिए ।

सांसदले सकेसम्म राष्ट्रिय पोसाक नभए सांस्कृतिक झल्किने पोसाकमा आउन सूचना जारी भएको र प्रदेश सभामा प्रत्येक सांसदलाई एक थान लोगो, एक थान ब्याग र केही पुस्तक उपलब्ध गराउने तयारी भएको बताइएको छ ।

प्रदेशमा सबैभन्दा ज्येष्ठ सांसद गनगाईंको जन्म २००० साल छ महिना २० गते भएको छ भने सबैभन्दा कान्छो सांसद बन्दना झाँगरको जन्म २०४३ साल तीन महिना १५ गते भएको हो । नवनिर्वाचित सांसदका निम्ति प्रदेश सभा हल एवं सचिवालय रङरोगन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर