जनमत पार्टीका नेता अब्दुल खान उद्योगमन्त्री बन्दै

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताए ।

उनले सो मन्त्रालयमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने निर्णय समेत गरिसकेको जानकारी दिए । अध्यक्ष राउतले आफू मन्त्रीको लागि योग्य नभएको भन्दै पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए ।

नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरुलाई राष्ट्रपति कार्यालयले आजै अपरान्ह ४ बजे शपथग्रहण गराउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर