पत्रकारलाई धम्की दिएकोप्रति महासंघको विरोध

नेपाल पत्रकार महासंघले पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’लाई धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । समाचारको विषयलाई लिएर अनलाइनखबर डटकममा कार्यरत पत्रकार क्रान्तिलाई धनुषास्थित विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासंघले विरोध जनाएको हो ।

महासंघले आज विज्ञप्ति जारी गरी सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको समेत जनाएको छ । ‘महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ, प्रेस विरोधी कार्यमा संलग्न जो कोही भए पनि कानूनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *