नयाँ सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्छ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुकभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालमा सम्पूर्ण खाद्यन्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिबी भएको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिले विश्वका अन्य देश भन्दा अर्थतन्त्रमा पछाडि परेको बताए ।

सांसद गौतमले अब सबैले समावादी उत्पादन,वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताए । उनले सरकारले मुलुकभित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने बताए । उनले खाद्यन्न, फलफूल, औषधिलगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुकभित्र नै रोजगारीसमेत सिर्जना हुने बताए ।

उनले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए । नेपाली कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुमा अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर