कम्बोडियामा आगलागीमा परी मृत्यु भएका निराकरका बुवासँग प्रधानमन्त्रीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाका अग्नि पाण्डेसँग भेट गरेका छन् । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार राति पाण्डेका छोरा निराकरको निधन भएको थियो ।

प्रधानमन्त्रीले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ अग्निसँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा अग्निले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको जनाउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले निराकरको शव स्वदेश ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गरेकाे  प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सो अवसरमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र सरकारका मुख्यसचिव शंकरदास वैरागीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर