उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीको छापा

अवकाशको मुखमा सैनिक प्रहरीको नियन्त्रणमा रहेका नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बूढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको उच्च सैनिक स्रोतले बताएको छ ।

कार्यालयका कागजात घरमा हुनसक्ने भन्दै सैनिक प्रहरी गणको टोलीले शाहीको घरमा पुगेर छापा मारेको हो । सैनिक टोलीले नेपाल प्रहरीको टोलीलाई पनि साथमै लगेको थियो । हालसम्म शाहीको घरमा त्यस्ता कुनै कागजात भने नभेटिएको स्रोतले बताएको छ । सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले भने छापा मारेकाे विषयमा आफूलाई जानकारी नभएको बताए ।

उमेर छलेर रथी बन्ने दाउमा रहेका उपरथी प्रेम शाही अवकाशको मुखमा हिरासतमा

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाणपत्रमा दुईथरी उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेखअनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए ।

अवकाशको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनी बिदामा बसेका थिए । त्यहीबीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो ।

यी पनि पढ्नुहाेस् :

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

सेनामा बेथिति–३: बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात 

सेनामा बेथिति–४: सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त 

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर