जसपासँग पार्टी एकताको तयारीमा एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिनेबारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् । सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाइ छ ।

शुक्रबार सर्वदलीय बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणासमेत राखे ।

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । उनले इच्छुक पार्टीहरूसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताए ।

अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताका लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए । अन्य साना वामपन्थी दलहरूसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने उनले बताए ।

अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको मुद्दालाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *