चौथो मेयर कप टेबलटेनिस सोमबारबाट

चौथो मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता सोमबारबाट आयोजना हुने भएको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को युवा क्लव हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोबारबाट आयोजना हुने जनाएको हो । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगिता ललितपुरको मंगलबजारस्थित कोटपाटीमा आयोजना हुनेछ । प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाबीचका ५ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

कुल १३ वटा इभेन्ट्स भएको प्रतियोगिता रात्रिकालीन समयमा आयोजना हुनेछ । रात्रिकालीन समयमा आयोजना हुने यो पहिलो प्रतियोगिता हो । प्रतियोगितामा मेन्स टिम इभेन्ट्स (ए), मेन्स टिम इभेन्ट्स (४०), मेन्स सिंगल्स (ए), मेन्स डबल, मेन्स सिंगल्स (बी), वुमन्स सिंगल, बोइज जुनियर सिंगल (यू–१६), गर्ल्स जुनियर यू (१६), भेट्रान्स सिंगल्स (४० वर्षमाथि), भेट्रान्स सिंगल्स ९(५० वर्षमाथि), भेट्रान्स सिंगल ९ (६० वर्षमाथि), महिला भेट्रान्स सिंगल (४० वर्षमाथि), युवा क्लब हक्का सिंगल्स इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

अनुमानित १६ लाख ५० हजार खर्च हुने प्रतियोगितामा ५ लाख वडा नं. १२ बाट तथा ललितपुर महानगरपालिकाबाट ३ लाख प्रायोजन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर