१२ बुँदे सहमतिसहित जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी

डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको संरक्षकत्वमा गठित नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी हुने भएको छ ।

दुई पार्टीले आइतबार १२ बुँदे सहमति गर्दै विभिन्न मुद्दामा एकसाथ अगाडि बढ्ने जनाएका हुन् ।

सहमतिको पहिलो बुँदामा नै रेशम चौधरीको रिहाइका लागि पहल गर्ने उल्लेख छ ।

‘टीकापुर घटनाका राजबन्दीहरूलगायत माननीय रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबीच सम्झौता भएकै दिनबाट सुरु गर्ने,’ सहमतिपत्रमा भनिएको छ ।

दुवै पार्टीका नेता कार्यकर्तामाथिका मुद्दा फिर्ता गर्न र रिहाइका लागि पहल गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन पहल गर्ने तथा विभिन्न जनसरोकारका विषय पनि सहमति पत्रमा उल्लेख छन् ।

संघ र प्रदेश सरकार दुवैतिर यी दुई पार्टी कार्यगत रूपमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति पनि भएको छ ।

संघमा सीके राउत नेतृत्वको जनमतका ६ र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिका ४ सांसद छन् । दुवै दल सत्ता साझेदार हुन् ।

यस्तो छ दुई पार्टीबीचको १२ बुँदे समझदारी :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर