लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौं : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले संघय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढंगले लाग्ने बताएका हुन्।

उनले भने, ‘गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ।’

अध्यक्ष राउतले आफूहरूलाई संसद्मा पुर्‍याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गरे।

‘आवेगमात्र होइन, अग्रजप्रति पार्टीको सम्मान पनि छ। हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा हो। त्यसलाई सकारात्मक ऊर्जाका रूपमा उपयोग गर्न सकौं भनेर यहाँ आएको छु,’ उनले भने।

विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिक रूपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा उनले जोड दिए। उनले किसानले बेहोरिरहेका विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर