एमालेका राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त, भोलि शपथ

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

उनी कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ।

बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो।

उसले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा समर्थन गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *