मधेस प्रदेशका मुख्यमन्त्री यादवको शपथ आज

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पनि आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। बुधबार मुख्यमन्त्रीमा नियुक्त भएक उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा मध्याह्न १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेश सभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मधेस प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्। मन्त्रालय भागबण्डाका लागि बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए।

मधेस प्रदेश सभामा लोसपाका नौ सांसद छन्। लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन्। अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल संघीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन्। यहाँ माओवादीका नौ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ। लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर