२३ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, पाँच महिनामा भित्रियो ४ खर्ब ८० अर्ब
२९ पुष २०७९ १३:२३
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो।
मेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव एक प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव ६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ दशमलव ३ प्रतिशतले घटेको थियो।
प्रतिक्रिया