मधेसका मुख्यमन्त्री यादव र तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मधेस भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई शपथ खुवाएका हुन्।

मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका हुन्। जसपाबाट बाराको क्षेत्र नम्बर १ (ख) बाट उनी निर्वाचित भएका हुन्।

मुख्यमन्त्री यादवले तत्काल तीन सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख मिश्रले शपथ गराए।

नेकपा एमालेका सरोजकुमार यादव, जनता समाजवादी पार्टीबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट वसन्त कुशवाहाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

स्रोतका अनुसार हालसम्मको भागबण्डाअनुसार एमालेले भौतिक पूर्वाधार, जसपाले सामाजिक विकास मन्त्रालय लिने सहमति भएको छ।

त्यसैगरी जनमतले भूमि व्यवस्था तथा कृषि सहकारी र माओवादीले उद्योग पर्यटन तथा वन मन्त्रालय लिने सहमति भएको हो। यद्यपि पार्टीले दाबी गरेअनुसार मन्त्रालय नपाएपछि माओवादीबाट मन्त्रीले शपथ नलिएको सांसद रहवर अन्सारीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर