भारत र जापानले थाले संयुक्त लडाकु जेट अभ्यास

भारत र जापानले रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने क्रममा टोकियोनजिक सोमबार आफ्नो पहिलो संयुक्त लडाकु जेट विमानको संयुक्त अभ्यास सुरु गरेका छन्।

एघार दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश हुनेछन् भने यसमा भारतले चार लडाकु विमान, दुईवटा यातायात विमान र एउटा हवाई इन्धन भर्ने ट्यांकर पठाउने जापानको रक्षा मन्त्रालयले जनाएको छ।

टोकियोको उत्तरपूर्वी इबाराकी प्रान्तको हयाकुरी एयर बेसमा करिब १५० भारतीय वायुसेनाका जवानले अभ्यासमा भाग लिइरहेका छन्। सन् २०१९ मा जापानी र भारतीय रक्षा र विदेश मन्त्रीहरूबीचको वार्ताको क्रममा दुई देशले यो अभ्यासमा सहमति जनाएका थिए। तर यसअघि महामारीका कारण ढिला भएको बताइएको छ।

टोकियोले हालैका महिनाहरूमा संयुक्त सैन्य अभ्यास राखेको छ। साथै आफ्नो रक्षा र सुरक्षा रणनीतिलाई परिमार्जन गरेको छ र स्पष्ट रूपमा चीनको बारेमा आफ्ना चिन्ता पनि समय समयमा व्यक्त गर्ने गरेको छ। भारत र जापानले चीनको बढ्दो सैन्य शक्तिलाई ध्यानमा राखेर यो संयुक्त अभ्यास गरिएको जनाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर